काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँहरूलाई मन्त्री वा सोसरह सुविधा पाउनेगरी सल्लाहकारमा नियुक्त हुनु भएको हो ।
एमालेका उपमहासचिव विष्णु रिमाल यसअघि पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार भइसक्नुभएको थियो । डा खतिवडा भने यसअघि ओलीकै कार्यकालमा अर्थमन्त्री हुनुभएको थियो । खतिवडा पूर्व गभर्नर समेत हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच