राजविराज । इमानदारी पूर्वक लगनशील भएर मेहनत र परिश्रम गरे एकदिन अवश्य लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सप्तरी कञ्चनरूप १२ रूपनगर , प्रगति टोलका संयोग आचार्य ।
उनी एसीसीए ( ACCA )बाट सञ्चालित Taxation Exam ,जुन , २०२४ मा विश्व टपरको सूचीमा पर्न सफल भइ विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।
बुवा सन्तोष आचार्य र आमा सञ्चिता आचार्यको कोखबाट २०६१ सालमा सामान्य परिवारमा जन्मेका उनी 'हुने बिरुवाको चिल्लो पात' भने झै सानै उमेरदेखि मिहिनेती र परिश्रमी थिए । विशेष गरी उनी अध्ययन, गायन र नृत्यमा रुचि राख्थे ।
उनी बुझ्ने भएपछि ठुलो बुवा उत्तम आचार्यको आशीर्वाद र प्रेरणा लिएर अघि बढ्न थाले । सोही अनुरूप स्थानीय लिटिल फ्लावर सेकेन्डरी बोर्डिङ स्कुल कञ्चनरूप १२ रुपनगरमा अध्ययन गर्नका लागि आफ्नो नाम लेखाइ पढ्न शुरु गरे । कक्षा १ देखि १० सम्म उनी प्रथम भए र सोही क्रममा उनले विद्यालयबाट विभिन्न विधामा धेरै पुरस्कार समेत हात पार्न सफल भए । उनले २०७७ सालमा एसइइ दिए त्यसमा पनि उनी ४ जिपिए ल्याएर उत्रिर्ण भए । ४ जिपिए ल्याएर उत्रिर्ण भएकोमा उनलाई द्वारिका आचार्य एकता समाजले दोसल्ला ओढाएर, प्रशंसापत्र सहित पुरस्कृतसमेत गर्यो ।
कक्षा ११/ १२ अध्ययन गर्नका लागि काठमाडौँ गए र उनले साइन्स विषय लिएर ११/१२ मा राम्रो अङ्क ल्याएर उत्रिर्ण भए । उच्च शिक्षा अध्ययनका लागि Certified College Of Accountancy ( CCA ) नाम लेखाए । ३ बर्से एसीसीए ( ACCA ) कोर्स पढ्न थाले अहिले उनी दोस्रो वर्षमा अध्ययन गर्दै छन् ।
एसीसीएले सन २०२४ जुनमा लिएको परीक्षामा विश्व टपर भएर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् । उनी भन्छन् : 'इमानदारी पूर्वक मिहिनेत गर्ने हो भने अवश्य लक्ष्यमा पुग्न सकिन्छ र नेपालमै बसेर उपलब्धिहरू हासिल गर्न सकिन्छ ।'
अहिले व्यापक रुपमा युवाहरू विदेश पलायन हुनु देशको लागि ठुलो दुर्भाग्य रहेको उनी बताउँछन् ।
लिटिल फ्लावरका प्रिन्सिपल शान्त अधिकारी बताउनु हुन्छ 'संयोग विद्यालयमा पढ्दा देखिनै इमानदार र मिहिनेती थियो हामीलाई आशा थियो अवश्य ठुलो मान्छे बन्छ भन्ने त्यसैको परिणाम स्वरुप विश्व टपर भएर समाज , जिल्ला र देशकै नाम उच्छ राख्न सफल भयो, हामी सबैको लागि गौरवको विषय हो ।'
अहिले संयोगलाई देश विदेशबाट सामाजिक संजाल, फोन र भेटेर बधाई तथा शुभकामना दिनेहरुको ओइरो लाग्ने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच