काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराले सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।
बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।
उनले आत्महत्याको कारण भने खुलेको छैन।
घटनामा प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिएको छ। जोइसले प्रहरीलाई दिएको बयान अनुसार अनिल हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गर्थे।
बुधबार बिहान जोइसले अनिलको चप्पल बैठक कोठामा देखेपछि उनलाई भेट्न बाल्कोनीमा गएकी थिइन्। तर बाल्कोनीमा उनी थिएनन्। तल गएर हेर्दा चौकीदार सहयोगका लागि कराइरहेका थिए भने अनिल भुईंमा लडिरहेका थिए।
जोइससँग अनिलको धेरै वर्षअघि सम्बन्ध विच्छेद भए पनि केही समयदेखि उनीहरु आयशा मनोरको सातौं तल्लामा सँगै बस्दै आएका थिए।
अरोरा लामो समयदेखि बिरामी रहेको बताइएको छ । तर मलाइकाकी आमाले यो कुरालाई अस्वीकार गर्दै उनलाई कुनै रोग नभएको बताएको संचारमाध्यमहरुले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच