चेन्नई । तमिल सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश गर्ने तयारी गर्नुभएको छ । आफ्नो राजनीतिक करियरमा ध्यान दिनका लागि फिल्मी करियर छाड्ने तयारी गर्नुभएको हो ।
शनिबार केभीएन प्रोडक्सनले अभिनेताको अन्तिम चलचित्र ‘विजयी ६९’ सँग जोडिएको जानकारी साझा गरेको छ । यस चलचित्रमा विजय लोकतन्त्रका लागि लडाइँ गर्दै देखिनेछन् ।
चलचित्र निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्नुभएको छ, जसमा विजयको अनुहार नदेखाई उहाँहरुले एउटा पोस्टर साझा गर्नुभएको छ। उहाँहरूले विजयको हिट फिल्मको सिनहरूको भिडियो पनि सेयर गर्नुभएको छ ।
जसमा उहाँहरूले लेख्नुभएको छ, ‘हाम्रो पहिलो तमिल चलचित्रको घोषणा गर्न पाउँदा हामी खुसी छौँ । यो एउटा पर्व हो । थलापतिका लागि माया । हामी सबै तपाईंको फिल्म हेर्दै ठुलो भएका हौँ । ३० वर्षभन्दा बढी समय तपाईंले हामीलाई मनोरञ्जन प्रदान गर्नुभयो, यसका लागि धन्यवाद ।’
यो चलचित्र सन् २०२५ को अक्टोबरमा रिलिज हुनेछ । सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार यो फिल्म रिलिज भएपछि विजय चलचित्रबाट लामो ब्रेक लिनेछन् र सबै ध्यान राजनीतिमा दिनेछन् ।
विजयले गत २ फेब्रुअरीमा आफ्नो राजनीतिक पार्टी तमिलगा वेत्री कषगम खोल्नुभएको थियो । यसको अर्थ तमिलनाडु विजयी पार्टी हो । अभिनेताले सन् २०२६ को विधानसभा चुनाव लड्ने तयारी गर्नुभएको बुझिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच