विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेस सहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । कोशी प्रदेश सभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् ।
यस्तै, यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्तभएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ ।
एमाले कोशीको सचेतकमा ललिता चौधरी नियुक्त
नेकपा एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी मनोनयन हुनुभएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको २०८१ भाद्र २९ गतेको निर्णयले संसदीय दलको विधानको दफा १० बमोजिम चौधरीलाई सचेतकमा मनोनीत गरिएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिनुभयो । सचेतकमा मनोनीत चौधरीलाई संसदीय दल, संसदीय दलको मार्ग निर्देशन तथा प्रमुख सचेतकको सल्लाह तथा परामर्शमा आफ्नो जिम्मेवारी पूरा गर्न मनोनयन–पत्रमा भनिएको छ । यसअघि सचेतकमा कमला दर्नाललाई मनोनीत गरिएको थियो । दर्नाल न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा निर्वाचित भएपछि उहाँको ठाउँमा चौधरीलाई मनोनीत गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच