काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिस र चन्द्रपुर गोलरहित बराबरीमा रोकिएका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै ६ खेलबाट १२ अंक बनाएको पुलिस तेस्रो स्थानमा छ । चन्द्रपुरले समान खेलबाट सात अंक बनाएको छ ।
कर्णालीको पहिलो जित
कर्णाली प्रदेशले एन्फा महिला लिगमा पहिलो जित दर्ता गरेको छ । एन्फा मुख्यालय मैदानमा बुधबार कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध तीन–शून्यको सहज जित निकालेको हो । जितसँगै ६ खेलमा चार अंक जोडेको कर्णाली नवौँ तथा ६ वटै खेलमा पराजित सुदूरपश्चिम बिनाअंक पुछारमा यथावत् छन् । कर्णालीलाई जित दिलाउन भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गर्नुभएको थियो ।
खेलको २८औँ मिनेटमा भूमिकाको गोलमार्फत् कर्णालीले अग्रता लिएको थियो । ६२औँ मिनेटमा गरिमाले टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसको एक मिनेटपछि नै वर्षाले गोल गर्दै कर्णालीलाई पहिलो जित दिलाउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।
दुई करोड २४ लाख ६८ हजार रुपैयाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच