काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके) को आयोजनामा छैटौं आइएफकेके राष्ट्रिय तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता आज (शनिबार) हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट करिब एक सय खेलाडीको सहभागिता रहने आइएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले जनाउनुभयो । पुरुषमा चार र महिलामा दुई गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौलसमूहमा खेल हुनेछ । महिलामा ४० केजीमुनि र ४५ केजीमुनि स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
कुल पुरस्कार राशि एक लाख ३१ हजार रहेको छ । एक दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
प्रतियोगिता
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच