कालीकोट । कालीकोटको केही स्थानीय तहले बालबिवाह रोक्न सिफारिस प्रणाली सुरु गरेका छन् । सचेतीकरणका कार्यक्रमले बालविवाह नरोकिएपछि अब बिवाह गर्ने दम्पतीका आफ्न्तले वडा कार्यालयबाट सिफारिस लिएर मात्र बिवाह गर्नुपर्ने निर्णय गर्न थालेका हुन् ।
सान्नीत्रिवेणी गाउँपालिका -४ ले बिवाह गर्ने केटा र केटीको घर परिवारले आफ्नो वडामा आएर छोरा र छोरीको उमेर प्रमाणित गरेको सिफारिस अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । वडा अध्यक्ष देवनाथ योगीले बिवाह गर्नेले वडाको सिफारिस अनिवार्य राख्नुपर्ने निर्णय गरेको बताउनुभयो ।
अध्यक्ष योगीले बडामा सिफारिस नलिएको तर बिवाह भइरहेको पाइएमा सिफारिस नलिनुको कारणका बारेमा अनुसन्धान हुने र उमेर नपुगेको भेटिएमा कानुनअनुसार बिवाह मण्डपबाटै प्रक्राउ गर्ने निर्णय भएको बताउनुभयो ।
स्थानीय सरकारले बालबिवाह रोक्न गरेका प्रयास असफल भएपछि कडा रुपमा प्रस्तुत हुन थालेको वडा कार्यालयका प्रतिनिधिको भनाइ छ । यसअघि रास्कोट नगरपालिका ४ ले पनि सिफरिस अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो ।
बालबिवाह न्युनिकरणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सँस्थाले काम गरिरहेका छन् । तर पनि बालबिवाह रोक्न सकिएको छैन । जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बालबिवाह न्यूनीकरणका कार्यक्रम जारी छ ।
ती क्षेत्रमा कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) सादा नेपाल र हुरेन्डेक नेपाल बालबालिकाको क्षेत्रमा काम गरिरहेका छन् । बालबिवाह रोक्ने बलियो उपाय वडाको सिफारिस अनिवार्य भएपछि अरु वडा तथा पालिकाले पनि अभ्यास गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच