काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।
अध्यक्ष नेपालले माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज शुभकामना दिनुहुँदै धार्मिक, सांस्कृतिक, जातीय एवं भाषिक विविधताको संरक्षणबाट राष्ट्रिय एकता सुदृढीकरण गर्न सकिने उल्लेख गर्नुभयो । साझा नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले नेपालीले आ-आफ्नो मौलिकताका साथ मनाउने मकर सङ्क्रान्ति अर्थात् माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ-आफ्नो समुदायको संस्कृतिअनुसार तरुल, सेलरोटी, घ्यू, सख्खर, तिलको लडडु, खिचडी, ढिक्रीजस्ता परिकार खाँदै मनाइने चलन रहिआएको पर्वका अवसरमा अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको थप प्रगतिको कामना गर्नुभएको छ । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच