सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८, गोरखकालीस्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँच गर्दा भारतबाट ल्याइएको ३५ टन प्याज बरामद गरिएको छ ।
प्रहरीको अनुसार भारतको झारखण्डको कोडरमा बस्ने जानकी यादवको ३६ वर्षीय छोरा उमेश यादवले चलाई ल्याएको जि यच ०२ बि यम २९८१ नम्बरको १६ चक्के ट्रकलाई १०० मिटर मलंगवा तर्फ रोकिएको थियो ।
चेकजाँच गर्दा ट्रक भित्र भारतीय प्याज फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुु भयो । प्रहरीका अनुुसार प्याजका मुल्य २८ लाख रुपैयाँ रहेको बताइएको छ । प्याजको भन्सार गराउने कुनै कागजात वा बिलबिजक नभएकोले ट्रक र प्याजलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको छ ।
ट्रकको मूल्य ६० लाख रुपैयाँ अनुुमान गरिएको छ भने प्याजका मुल्य २८ लाख गरि कुुल ८८ लाखको मुल्यकन गरि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको छ जिल्ला प्रहरी कार्यालय मलंगवाका सर्लाहीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच