माइतीघरमा जनमतका नेता-कार्यकर्ताको पक्राउको विरोधमा सप्तरी र सिरहामा प्रदर्शन

चोकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । सोमवार राष्ट्रिय धोती दिवस मनाउन काठमाडौंको बबरमहलबाट माइतीघर मण्डलतर्फ जाँदैगर्दा अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरु सप्तरीमा विरोध प्रदर्शनमा उत्रेका छन् ।

उनीहरुले सप्तरीको कञ्चनरूप वेरियर चोकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग समेत अवरोध गरेका छन् । आन्दोलनका क्रममा जनमतका कार्यकर्ताहरूले प्रदेश २-०२- ००१ झ ०१०२ नम्बरको सरकारी गाडीमा तोडफोड समेत गरेको छ ।

त्यस्तै राजविराजको जनआन्दोलन चौकमा पनि कार्यकर्ताले टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन् । उनीहरुले अध्यक्ष राउत लगायतका आफ्ना नेताहरुलाई रिहा नगरेसम्म राजमार्ग अवरोध रहिरहने बताएका छन् ।

यता सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तरगत कसहा चोकमा टायर बालेर राजमार्ग अवरोध गरिएको छ भने औरहीस्थित हुलाकी राजमार्गमा पनि प्रदर्शन गरिएको छ ।

निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

आफ्नो पहिचान झल्काउन कार्यक्रम गर्दा राज्यले हस्तक्षेप गरेपछि आन्दोलन गर्नुपरेको जनमतका नेताहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?