ललितपुर । लिम्बु सचेतनामूलक गीत ‘मिघम्ब’को सार्वजनिक गरिएको छ । ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । ‘मिघम्ब’लाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होमकुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पूर्ण सेलिङले संयुक्त रूपमा स्विच दबाएर सार्वजनिक गर्नुभएको थियो । ‘मिघम्ब’लाई आत्मिय जनहरूको घर, घरमा पेन ड्राइभमार्फत समेत प¥याइइने कार्यक्रमका सञ्चालक यासेली योङहाङले जानकारी गराउनुभयो ।
प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा तानाम तान्छो लावती र दीपा सुहाङको स्वर रहेको ‘मिघम्ब’मा संगीत संयोजन टेकेन्द्र याक्सोले गर्नुभएको छ । तानाम तान्छो लावती, प्रेम हाङ्सेम लावती, निशा निङ्दमलगायतको अभिनय रहेको भिडियो दिनेश माङ्मुले निर्देशन गर्नुभएको हो । भिडियोको निर्मातामा पदम लावती र टेक लावती रहनुभएको छ ।
पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानी गाउँलगायत अत्यन्तै ऐतिहासिक र रमणीयस्थलमा छायांकन गरिएको उक्त भिडियो तानाम तान्छो अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक गरिएको छ । निर्माता टेक लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिम्बु समुदायका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच