ताप्लेजुङ । स्वर्गीय चन्द्रबहादुर नयोङहाङ स्मृति पुरुष नकआउट फुटबल प्रतियोगिता कात्तिकमा हुने भएको छ । आइतबार आयोजक कर्णसिंह सोनाम फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगिता आउँदो कात्तिक ४ देखि ९ गतेसम्म ताप्लेजुङको फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ । प्रतियोगिताको यो तेस्रो संस्करण हो ।
प्रतियोगिता आयोजक कमिटीका सचिव दीपेश सुनामका अनुसार प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । सम्बन्धित जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघमा आधिकारिकरूपले दर्ता भएका क्लबहरूले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष हाङ्गो लिम्बूका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेता हुनेले ४१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । टिम दर्ताका लागि असोज २९ गतेसम्मको समयावधि दिइएको छ ।
दर्ताको अन्तिम मितिको भोलिपल्ट ३० गते खेलतालिका प्रकाशित हुने आयोजकले जनाएको छ । टिममा तीन अतिरिक्तसहित १० जना खेलाडी हुनुपर्ने प्रबन्ध गरिएको छ । प्रत्येक प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद एक हजारसहित पुरस्कृत गरिने भएको छ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट प्रशिक्षकसहितलाई नगदसहित पुरस्कृत गर्ने आयोजकको तयारी छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथीभाइ युवा समाज सह–आयोजक रहेको प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच