✍️ राजीव श्रेष्ठ
नेपालमा शक्तिलाई नारी स्वरूपाको रूपमा पुज्ने चलन अत्यन्त प्राचीन हो । हिन्दुहरूको सबैभन्दा पुरानो वेद ऋगवेदमा उषा र शचीको उल्लेख भएको पाइन्छ । यस वेदको एउटा सूक्तमा वाग्देवीलाई एकादश रुद्र, वसु, चन्द्र-सूर्य, विश्वदेव, पृथ्वी र अन्तरिक्षलाई समेत धारण गर्नसक्ने शक्ति भएको एवं उनको उपासना गर्नेहरूलाई चाहेजति शक्ति प्रदान गर्छिन् भन्ने उल्लेख छ । लिच्छवीकालमा शाक्त समुदायको उदय भएको इतिहासकारहरूको भनाइ छ । कतिपय लिच्छवीकालीन शक्तिपीठहरू त्यसको प्रमाणस्वरूप भक्तपुरमा भेट्टिएका पनि छन् ।
मध्यकालमा शक्तिलाई देवीको रूपमा आराधना गर्ने प्रचलनको व्यापक विस्तार भएको पाइन्छ । मल्ल राजाहरू शक्तिस्वरूपा देवीलाई अत्यन्त सहभावले पूजा गर्दथे भने आफ्नो राज्यसत्ता चलाउन पनि इष्टदेवी तलेजुसँग सरसल्लाह लिने गर्दथे । त्यसबेलाका मानिस सत्यमा चल्ने भएकाले देवीदेवताले पनि प्रत्यक्ष रूपमा दर्शन दिन्थे भन्ने जनविश्वास रही आएको छ । हिन्दु समाजमा शक्तिलाई प्रकृतिको रूपमा पनि उपासना गर्ने चलन विद्यमान छ । यस मान्यता अनुरूप बिना प्रकृतिको शक्ति पुरुष अर्थात् शिवको पनि कुनै सार्मथ छैन । जेहोस्, शक्तिलाई प्रकृति र देवीको रूपमा आदरका साथ पुज्ने चलन यद्यपि कायमै छ ।
मल्ल राजाहरू शक्तिस्वरूपा देवीलाई अत्यन्त सहभावले पूजा गर्दथे भने आफ्नो राज्यसत्ता चलाउन पनि इष्टदेवी तलेजुसँग सरसल्लाह लिने गर्दथे । त्यसबेलाका मानिस सत्यमा चल्ने भएकाले देवीदेवताले पनि प्रत्यक्ष रूपमा दर्शन दिन्थे भन्ने जनविश्वास रही आएको छ । हिन्दु समाजमा शक्तिलाई प्रकृतिको रूपमा पनि उपासना गर्ने चलन विद्यमान छ । यस मान्यता अनुरूप बिना प्रकृतिको शक्ति पुरुष अर्थात् शिवको पनि कुनै सार्मथ छैन । जेहोस्, शक्तिलाई प्रकृति र देवीको रूपमा आदरका साथ पुज्ने चलन यद्यपि कायमै छ ।
वर्तमानमा पनि नवनियुक्त प्रधानमन्त्रीले शपथ लिएपछि गृहप्रवेश अघि कालो बोकाको बलि दिने प्रथालाई यसै प्रसंगमा जोडेर हेर्न सकिन्छ । नेपालीहरूको राष्ट्रिय पर्वका रूपमा लिइएको दशैँमा पनि कात्तिक प्रतिपदाको दिनदेखि नौदिनसम्म देवीका नौवटा रूपलाई नवदुर्गाका रूपमा पूजाआराधना गरिन्छ । तीमध्ये एक तलेजु भवानीका विभिन्न रोचक प्रसंगहरूको यहाँ उल्लेख गर्ने प्रयत्न गरेका छौं । नेपाली राजाहरूको इष्टदेवीका रूपमा वर्णन गरिएकी तलेजु भवानी वास्तवमा बाहिरबाट भित्र्याइएकी देवी थिइन । नेपालको सुरक्षार्थ देवीशक्तिको खाँचो भएपछि मल्लकालमा भक्तपुरका तान्त्रिक राजा, ललितपुरका तान्त्रिक गुभाजु तथा कान्तिपुरका ज्यापु त्यसको खोजमा हिँड्दा सिमरौनगढमा पुगेर महान देवी तलेजुलाई भेटेपछि अनेक स्तुति गरी उनलाई मनाएर तान्त्रिक विधिले पूजा गरी नेपाल ल्याएको प्रसंगलाई निकै रोचक पारामा विभिन्न प्राचीन ग्रन्थमा वर्णन गरिएको छ । यद्यपि प्रामाणिक इतिहासलाई खोताल्दा तलेजु भावनी चामुण्डा देवीकै एक स्वरूप भएको र उनी दक्षिण भारतको मद्रास शहरबाट श्रीलंका लैजाने क्रममा नेपाल ल्याइएको प्रमाण फेला गरेको छ ।
चामुण्डालाई मद्रासका मान्छेहरू असाध्यै मान्दथे र कर्णाटवंशी राजा नान्यदेवले आफ्नो राज्यलाई अकण्टक बनाउन उनै देवीको स्थापना गर्ने उद्देश्यले भारतबाट नेपालको सिमरौनगढमा ल्याएका थिए । नान्यदेव पछिका कर्णाटी राजा हरिसिंहदेवको पालामा मुश्लिमहरूले सिमरौनगढमा आक्रमण गरेपछि राजा आफ्नो परिवारसहित इष्टदेवी तलेजु पनि साथमै लिएर पहाडी इलाकातिर भागेका थिए । यसै क्रममा दोलखा पुगेपछि उनको मृत्यु भयो । त्यसपछि उनकी पत्नी देवलदेवी र छोरा जगजित सिंहले आफ्नो ज्यान रक्षाका लागि कान्तिपुरका राजा रुद्र मल्लको दरबारमा शरण मागे । रुद्र मल्लले पनि उनीहरूको दयनीय अवस्थालाई ध्यानमा राखी आफ्नो दरबारमा शरण दिए ।
देवलदेवीले आफूसाथ ल्याएको तलेजुलाई मल्लहरूको दरबारभित्रै स्थापना गरिन् । विस्तारै तलेजु भवानी मल्लहरूको पनि पूजनीय देवी बन्न पुगिन् । विसं १६१७ तिर कान्तिपुरको राजगद्दी सम्हालेका महेन्द्र मल्ल तलेजु देवीका अनन्य भक्त थिए । वसन्तपुर दरबारस्थित तलेजु भवानीको अग्लो मन्दिर यिनैले बनाएका थिए । मल्लहरूको वंशावलीमा उल्लेख भएनुसार यिनको पालामा तान्त्रिक विधिअनुरूप आराधना गरेपछि तलेजु देवी स्वयं कालो भँवराको रूपमा उडेर आई उक्त मन्दिरभित्र प्रवेश गरेको कुरा राजा र प्रजाले प्रत्यक्ष देखेका थिए । उक्त घटना भने नेपाल सम्बत् ६६९ को माघ महिनामा घटेको भन्ने उल्लेख गरिएको छ । भक्तपुरका राजा जगतज्योति मल्ल पनि तलेजु भवानीका भक्त थिए । उनले निमार्ण गरेको भक्तपुर दरबारको पश्चिम चोकमा प्रत्येक वर्षको दशैँको नवमीको रात कुमारीलाई देवीको रूपमा आहृवान गरी त्यहाँ अवस्थित ढुंगाको पलंगमा एक्लै छाडिन्छ ।
प्रचलित किंवदन्ती अनुसार त्यस रात साक्षात तलेजु देवी त्यहाँ आई जीवित देवी कुमारीसँग भलाकुसारी गर्छिन भनिन्छ । यदि कुमारी भएको बालिका डराएर रुनेकराउने गरेमा तुरुन्तै उनलाई निकालेर अर्कै कुमारी राख्ने गरिन्छ । यस्तो प्रथाको पछाडि एउटा कारण लुकेको छ । त्यो के भने राजा जगतज्योति मल्ल आफ्नो राजकाज चलाउने सन्दर्भमा कुनै सहयोग चाहिएको अवथामा भक्तपुर दरबारको सोही ठाउँमा आफ्नो तान्त्रिक विधिले पासा खेल्नुप¥यो भनेर तलेजुलाई बोलाउँथे र आवश्यक सल्लाह लिने गर्दथे । यसै सन्दर्भमा एकदिन तलेजुसँग सल्लाह गर्दै पासा खेल्दै गर्दा देवी हार्दै गइन् भने राजाले जितेको जित्यै भयो । त्यो देखेर तलेजु भवानी प्रसन्न भइन् र राजालाई वरदान माग्न भनिन् । जगत्ज्योति मल्लले पनि उपयुक्त समयमा आफूलाई चाहिएको कुरा माग्छु । पछि आफ्नो तान्त्रिक सल्लाहकारसँग राजाले सो प्रसंग उल्लेख गरेपछि सल्लाहकारले पनि देवीको दिव्य मुहारको दर्शन पाऊ भनेर माग्नु भन्ने बताए । राजाले देवीसँग उक्त कुरा बताएपछि देवीले यो कुरा असम्भव भएकाले अरूथोक नै माग्न भनिन् । तर, जगतज्योति मल्लले आफ्नो जिद्दी नछाडेपछि देवीले बाध्य भएर दर्शन दिइन् ।
तलेजु देवीको भव्य एवं सौन्दर्यमय रूप देखेर राजा मोहित भए । त्यसको साथै उनको मतिभ्रस्त भएर अनाहक देवीको हात समाउन पुगे । त्यसपछि तुरुन्तै गायब भइन् । र, त्यसपछाडि कहिल्यै देवीले साक्षात दर्शन दिइनन् । राजा जगत्ज्योति मल्ल साह्रै चिन्तित भएर अथक साधना गरी पानीसम्म नपिई तलेजुको मूर्तिमा पूजा गरेपछि तलेजु भवानीले सपनामा दर्शन दिई अबदेखि मेरो आवश्यकता परे बाँडाको छोरीलाई ल्याई कुमारीको रूपमा पूजा गर्नु, म त्यसैमा प्रवेश गर्छु भनी पूजाको विधि पनि बताइन् । यस्तै प्रसंग कान्तिपुरका राजा प्रताप मल्लको सन्दर्भमा पनि वंशावलीमा उल्लेख छ । जेहोस्, जीवित देवी कुमारी पनि तलेजु भवानीकै एक स्वरूप भएकोमा कुनै शंका छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच