नेकपा एसकी मीना हेटौंडा उपमहानरको मेयर, उपमेयरमा कांग्रेसका राजेश

Read Time = 2 mins

हेटौंडा । वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका मकवानपुरको हेटौंडामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बन्नुभएकी नेकपा एसकी मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित हुनुभएको छ ।

विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपकबहादुर सिंह २० हजार ५३१ मतसहित तेस्रो बन्नुभयो ।

उपमेयरमा बानियाँ ३२ हजार ५९३ मत प्राप्त गर्दै विजयी बन्नुभयो। बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०६ मत ल्याउँदा तेस्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गर्नुभयो ।

१९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले सबैभन्दा धेरै नौ वडामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले आठ वटा वडामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले एक-एक वडामा जित हात परेका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?