विवाह बन्धनमा बाधिँदै सिद्धार्थ र कियारा

Read Time = 1 min

मुम्बई । बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएको अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीको जोडी अब विवाह बन्धनमा बाधिने भएको छ । लामो समयदेखि एक अर्कासँग सम्बन्धमा रहे पनि आफ्नो सम्बन्धलाई सार्वजनिक नगरेको यो जोडी आगामी चैत महिनामा विवाह बन्धनमा बाधिन लागेको हो ।

सन् २०२३ को अप्रिल महिना अर्थात् चैतमा यी दुईबीच विवाह हुनेछ । सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ चलचित्रको पार्टीमा पहिलोपटक भेट भएको थियो । चलचित्र ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेष्ट्री जीवन्त प्रतिविम्बित भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?