इजरायलसँग इरानको प्रोक्सी युद्ध चलेको धेरै वर्षदेखि हो तर अहिले इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्रहरू प्रहारले यो सोझै इरान र इजरायलयुद्धमा परिणत भइसकेको छ । हमास, हिजबुल्लाह र हुतीसँग लडिरहेको इजरायल अब इरानसँग सोझै लड्ने परिस्थितिमा पुगेको छ । तर, त्यसअगाडि इरानबाट फन्डिङ तथा शस्त्रास्त पाउने ती आतंकवादी संगठनहरूको सफायाको लक्ष्य इजरायलले लिएको छ । त्यसैले अहिलेसम्म इजरायलले इरानको आक्रमणको जवाफ दिएको छैन तर ऊ अवसरको खोजीमा छ ।
उता रुस र युक्रेनको युद्ध चर्किरहेको अवस्था छ । पर्दा पछाडिको आक्रमणकारी अमेरिका अहिले इजरायल र इरान युद्धमा पनि पर्दा पछाडि मुछिएको छ । यदि अमेरिकाले संयम नलिने हो भने र यदि इरान र इजरायल संयमित न हुने हो भने यसले तेस्रो विश्वयुद्धलाई रोक्न सक्ने छैन । आज विश्वभरिका मुलुक तेस्रो विश्वयुद्धको सम्भावनालाई नकार्न सकेका छैनन् । के गरी कसरी यसलाई रोक्ने भन्नेतर्फ चिन्तित छन् ।
प्रथम विश्वयुद्ध होस् वा दोस्रो अमेरिकी संलग्नतापछि युद्धले विकराल रूप लिएको थियो र युद्ध समाप्त भएको थियो तर अहिले भूराजनीति त्यस समयको जस्तो छैन । दोस्रो विश्वयुद्धलाई अन्तिम परिणति दिन चर्चिल, टुम्यान र स्टालिनको महत्वपूर्ण भूूमिका थियो । हिटलरको पतनपछि पनि दोस्रो विश्वयुद्ध रोकिएको थिएन् तर प्यासिफिक क्षेत्रमा विश्वयुद्धको ज्वार उभारमा थियो, जहाँ जापानले अमेरिकालाई बडो टक्कर दिइरहेको थियो । जापानले कोरिया, ताइवान, दक्षिणपूर्व एशिया र चीनको कैयौं शहरलाई आफ्नो कब्जामा लिएको थियो । सोभियत शासक जोसेफ स्टालिन, बेलायतको प्रधानमन्त्री विस्टन चर्चिल र अमेरिकी राष्ट्रपति हृयारी एस टुम्यान जापानको व्यवहारबाट रुष्ट थिए ।
जापानको इतिहासलाई कुन रूपमा स्थापित गर्ने, पराजयले चित्कार गरिरहेका जर्मन जनतासँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा चर्चा गर्न १७ जुलाई सन् १९४५ मा पराजित जर्मनीको पोट्सड्याममाथि बिग चर्चिल, स्टालिन र ट्ुम्यानको बैठक बसेको थियो, जहाँ टुम्यान र स्टालिनबीच कूटनीतिक चालहरू चालिएको थियो । आफ्नो शाही र औपनिवेशिक मनस्थिति बनाएका चर्चिल यो अति विशिष्ट तथा सबैभन्दा शक्तिशाली क्लबको सदस्य भएकोमा आफूमाथि गर्व थियो ।
प्रथम विश्वयुद्ध होस् वा दोस्रो अमेरिकी संलग्नतापछि युद्धले विकराल रूप लिएको थियो र युद्ध समाप्त भएको थियो तर अहिले भूराजनीति त्यस समयको जस्तो छैन । दोस्रो विश्वयुद्धलाई अन्तिम परिणति दिन चर्चिल, टुम्यान र स्टालिनको महत्वपूर्ण भूूमिका थियो ।
सन् १९४५ को फेब्रुवरीमा जब रुसको याल्टामा यस्तै बैठक बसेको थियो तब स्टालिनले भनेका थिए, ‘यो अत्यन्त एक्सक्लुसिभ क्लब हो, जसको प्रवेश शुल्क ५० लाख सैनिक वा त्यसको नजिक छ । पोट्सड्यामको बैठकको बीचमा एउटा यस्तो घटना भयो जो विश्वका लागि नौलो थियो । १६ जुलाईमा अमेरिकाको न्यू मेक्सिकोको एउटा मरुभूमिमा एलामोस सिक्रेट ल्याबमा परमाणु वैज्ञानिक जे रोबर्ट ओपेन हाइमर नेतृत्वले परमाणु बम बनाउन सफल भए । अमेरिकाको यो गोप्य कार्यको केही कोड नाम दिइएको थियो ।
जस्तै म्यानहैटन प्रोजेक्ट, ट्रिनिटि, द ग्याजेट । यो पूरै प्रोजेक्टको नाम थियो ट्रिनिटि याने त्रिदेव । ओपेन हाइमरले गीता पढेर गीताबाट प्रेरणा लिएर यो परमाणु बम बनाएका थिए । अब अमेरिका विश्वकै एकमात्र परमाणु बम भएको मुलुक बन्यो । यो आविष्कारले दोस्रो विश्वयुद्धको शक्ति सन्तुलन अमेरिकाको पक्षमा गरिदियो । पोट्सड््याम बैठक १७ जुलाईदेखि २ अगस्ट १९४५ सम्म भएको थियो । पोट्सड्याम सम्मेलन सकिएपछि घोषणापत्र जारी गर्दै जापानलाई विनाशर्त आत्मसमर्पण गर्न भनियो । सँगै धम्की पनि दिइयो, यदि जापानले आत्मसमर्पण न गरेमा त्वरित तथा सम्पूर्ण विनाशको सामना गर्नुपर्नेछ ।
यो घोषणा गरिसकेपछि चर्चिल, टुम्यान, क्लेमेन्ट एटली, स्टालिन र च्याङकाई शेक पुनः वार रुममा गए, यस युद्धलाई अन्तिम परिणतिमा पु¥याउन । जापानले शक्तिराष्ट्रले दिएको चेतावनीलाई बेवास्ता गर्दै आफू अघि बढिरहृयो । अन्त्यमा अमेरिकाले उसको विनाशको अन्तिम मोहर लगाइदियो, यसको चार दिनपछि ६ अगस्ट १९४५ मा जापानको हिरोशिमा शहरमा लिटिल ब्वाय नामको ब्रहृमास्त्र खसाल्यो । यसअघि जब परमाणु बमको परीक्षण सफल भएको खबर पोट्सड्याममा भएको टुम्यानले पाए तब उनले केही अहंकार र केही कूटनीतिक शिष्टाचारको लेप लगाएर स्टालिनलाई भने, ‘अब अमेरिकासँग एउटा यस्तो हतियार छ जसको विध्वंशक क्षमता अभूतपूर्व रूपमा असामान्य छ ।
स्टालिनले उनको भनाइलाई कुनै महत्व नदिई, कुनै उत्साह नदेखाई संयमित स्वरमा भने, ‘मलाई आशा छ, यो हतियारको जापानीहरूमाथि उचित प्रयोग गर्नुहुनेछ ।’ स्टालिनले अमेरिकाले परमाणु बम बनाउँदै छ भनेर आफ्ना जासुुसहरूबाट पहिल्यै थाहा पाइसकेका थिए । टुम्यानलाई थाहा थिएन उनको यो मनोपोली धेरै समयसम्म टिक्ने छैन भनेर । चार वर्षपछि सोभियत संघले परमाणु बम बनाएर अमेरिकाको एकाधिकारलाई समाप्त पारिदिएको थियो ।
पेट्सड्याममा टु्म्यान र स्टालिनबीचको व्यवहार प्रेसका लागि सामान्य देखिए तापनि यिनीहरूबीच शंका र अविश्वासको छाया सदैव बनिरहृयो । १७ जुलाईको कुरालाई लिएर टुम्यानले भनेका थिए, ‘म स्टालिनसँग डिल गरिहाल्छु, उनी इमान्दार तर बिछट्ट चतुर छन् ।’ (आइ क्यान डिल विथ स्टालिन, हि इज अनेष्ट बट स्मार्ट एज हेल ।) तर यो घोषणापत्रमा रुस अलग बस्यो । किनकि रुस त्यसबेलासम्म जापानसँग तटस्थ थियो । यो सम्मेलनको अनौठो कुरा के थियो भने चर्चिल सम्मेलनमा बेलायतका प्रधानमन्त्रीको हैसियतले आएका थिए तर फर्किँदा प्रधानमन्त्री थिएनन् । बेलायतमा भएको चुनावमा उनी पराजित भइसकेका पछि क्लेमेन्ट एटलि चर्चिलको ठाउँमा उनको उत्तराधिकारीको रूपमा सहभागी भएका थिए ।
डिसेम्बर १९४१ मा अमेरिकाको पर्ल हर्बर द्वीपको युद्धमा जापानसँग पराजय भोगेको अमेरिका ऊसँग प्रतिशोध लिन आतुर थियो । यसका लागि परमाणु विकल्प खोजिरहेका थिए तर अमेरिकी सरकार जापानको द्वीपहरूमा सेना उतार्ने विचार गरिरहेका थिए । यसलाई अपरेसन डाउनफल नाम दिइएको थियो । यो अपरेसन अक्टुबर (नोभेम्बरतिर शुरु हुनेवाला थियो, जसका लागि १० लाख सेनाको आवश्यकता थियो तर परमाणु बम बनाउनुभन्दा पहिला त्यहाँको सैन्य समितिले परमाणु बम आक्रमण गर्ने फैसला गरिसकेका थिए । उनीहरूको लक्ष्य थियो, हिरोशिमा, कोकुरा, योेकोहोमा र क्योटो । सम्राट हिरोहितो आत्मसमर्पणको पक्षमा थिए तर त्यहाँको सरकार यसको विपक्षमा । जापानलाई विश्वास थियो कि सोभियत संघ तटस्थ बसेकाले ऊ मध्यस्थ भई आएर संकटलाई दूर गर्नेछ तर स्टालिन पोट्सड्याममा मित्रराष्ट्रहरूसँग बफादारी गर्न वचनबद्ध भइसकेका थिए ।
२५ जुलाईमा परमाणु आक्रमण आदेशमा हस्ताक्षर गरे । यो आदेश अमेरिकी जर्णेल कार्ल स्पाट्जलाई जारी गरेका थिए, जसमा भनिएको थियो ३ अगस्ट १९४५ पछि जब मौसम खुला हुनेछ लक्षमाथि आक्रमण गरिनेछ । बम खसाल्ने आदेश दिएपछि राष्ट्रपति टुम्यानले आफ्नो डायरीमा लेखेका थिए, ‘यो हतियारको प्रयोग अहिलेदेखि १० अगस्टको बीच जापानविरुद्ध गरिनेछ । मैले युद्धमन्त्री स्टिमसनलाई भनेको छु कि यसको उपयोग गर्नुहोस् तर सैन्य उद्देश्य र सैनिक क्षेत्रहरूमा होस्, न कि महिलाहरू र केटाकेटीमाथि । जतिसुकै जापानी क्रुर, निर्दयी र कट्टर हुन् हामी संसारको नेताका रूपमा पुरानो राजधानी क्योटो वा नयाँ (टोकियो) माथि भयानक बमलाई खसाल्न सक्दैनौं ।
अमेरिकाले ६ अगस्टमा हिरोशिमामाथि लिटिल ब्वाय र ९ अगस्टमा नागासाकीमाथि फ्याटम्यान बम खसाल्यो । जसलाई विज्ञानको सर्वाधिक दानवीय प्रयोगका रूपमा परिचय गरायो । यसपछि पनि जापानले आत्मसमर्पण गर्न मानेन । उक्त बम आक्रमण सैन्यभन्दा सर्वसाधारण जनताको मृत्यु भयो, अंगभंग भयो ।
अमेरिकाले ६ अगस्टमा हिरोशिमामाथि लिटिल ब्वाय र ९ अगस्टमा नागासाकीमाथि फ्याटम्यान बम खसाल्यो । जसलाई विज्ञानको सर्वाधिक दानवीय प्रयोगका रूपमा परिचय गरायो । यसपछि पनि जापानले आत्मसमर्पण गर्न मानेन । उक्त बम आक्रमण सैन्यभन्दा सर्वसाधारण जनताको मृत्यु भयो, अंगभंग भयो । यसको असर पछिल्ला पुस्ताहरूसम्म पर्यो । जापानी जनता सडकमा विलाप गरिरहेका थिए तर त्यहाँका सैन्य कमाण्डरहरू आत्मसमर्पण गर्न मानिरहेका थिएनन् । अन्ततः १५ अगस्ट १९४५ मा सम्राट हिरोहितोले आत्मसमर्पणको घोषणा गरे । यहीँबाट दोस्रो विश्वयुद्धको समापन भयो । यसको सुरुवात जर्मनीले पोल्यान्डमाथि सन् १९३९ सेप्टेम्बर १ मा आक्रमण गरेपछि सुरुवात भएको थियो ।
त्यसको दुई दिनपछि फ्रान्स र बेलायतले जर्मनीविरुद्ध युद्ध घोषणा गरे । त्यसभन्दा पहिला सन् १९३७ जुलाई ७ मा चीनजापान युद्ध भएको थियो । यसअघि एबिसिनियामाथि इटलीले सन् १९३५ को ३ अक्टोबरमा युद्ध सुरु गर्यो । कसैले स्पेनिस गृहयुद्धलाई विश्वुद्धको सुरुवात मान्दछन् । सन् १९४१ मा मात्र जब जापानले उसको पर्ल हार्बरमाथि आक्रमण गर्यो तबमात्र दोस्रो विश्वयुद्धमा अमेरिका सामेल भएको थियो । त्यसअगाडि ऊ तटस्थ थियो । दोस्रो विश्वयुद्धमा करिब छ करोड मानिसले ज्यान गुमाएका थिए ।
अमेरिकी राष्ट्रपति टुडो विल्सनको घोर विरोध हुँदा पनि प्रथम विश्वयुद्ध सुरु भएको अढाई वर्षसम्म अमेरिका तटस्थ थियो । मे १९१५ मा दक्षिणी आयरल्याण्डको तटमा जर्मनीले आरएमएस ल्युसतानिया नामक पानीजहाजमा आक्रमण गर्यो, जसमा एक हजार दुई सयजना मारिएका मानिसमध्ये एक सय पच्चीस अमेरिकन थिए । यसले गर्दा अमेरिकामा आन्तरिक विरोध बढ्यो । तब विल्सनले जर्मनीलाई चेतावनी दिँदै भने, विना सूचना जहाजहरूलाई नडुबाइयोस् । फेरि पनि उनी तटस्थ बसे । ३१ जनवरी १९१७ मा संसद्मा शान्तिको जग बसाल्न मद्दत मागे । यो भाषणको एक सप्ताहपछि जर्मनी राजदूत योहेन हेनरिक फोन बर्नस्ट्राफले अमेरिकाको विदेशमन्त्री रोबर्ट लेसिङलाई दूतावासमा बोलाएर जहाजहरूमाथिको आक्रमण जारी रहने नीति यथावत् रहने छ भने ।
यहीँबाट अमेरिका प्रथम विश्वयुद्धमा सामेल हुने प्रक्रिया सुरु भयो । जर्मनीले अमेरिकाले कब्जा गरेको न्युमेक्सिकोका सीमाहरू फिर्ता पाउन न्युमेक्सिकोलाई आऊसँगै युद्ध गरौं भने, जर्मनीले यसका लागि आर्थिक मद्दत दिने भन्यो । यसपछिमात्र विल्सनले १६ अप्रिल १९१७ मा जर्मनीविरुद्ध लड्न आधिकारिक बयान दिए । यसरी अमेरिका प्रथम विश्वयुद्धमा सामेल भएको थियो । अमेरिका सामेल भएपछि मात्र युद्ध समाप्त भएको हो । अहिले यदि इरानले खाडीमा रहेको करिब १९ वटा अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण गरेमात्र अमेरिका प्रत्यक्ष रूपमा यो युद्धमा सामेल हुनेछ । अमेरिका सामेल भएपछि रुस इरानसँग मिल्नेछ र तेस्रो विश्वयुद्धको सुरुवात हुनेछ । तबसम्म अमेरिकाको प्रोक्सी युद्ध चलिरहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच