सप्तरीको कञ्चनरूपबाट नक्कली नोटसहित दुई जना पक्राउ

अनिल क्षेत्री
Read Time = 1 min

राजविराज । सप्तरीको कञ्चनरूपबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
कञ्चनरूप नगरपालिका –८ स्थित वेरियर बस स्टेसनमा पेडा किनेर फर्किरहेका दुई जनालाई शनिवार प्रहरीले नियन्त्रणमा दिएको छ ।

उनीहरूको साथबाट ११ हजार रुपैयाँ नक्कली नोट बरामद भएको कञ्चनरूप प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुबै जना सप्तरीकै बोदेबरसाईन नगरपालिका –३ गौराका २८ वर्षीय रमेश रजक र ३० वर्षीय पिन्टु कुमार साह रहेका छन् ।

पक्राउ परेका रजकको बयानअनुसार साहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । नक्कली नोट र ती व्यक्तिहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएपछि जाली नोटको कारोबारबारे खुल्न आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?