काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले महिला अधिकारको लागि निरन्तर तत्पर रहेको बताउनु भयो ।
उहाँले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री सुडीले महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरण आवश्यक छ । महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु । त्यसैले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पु¥याउन आवश्यक छ । महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्छ ।’
मन्त्री सुडीले पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनु भयो । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरुलाई निर्मुल गर्न र महिला एवं बालबालिकाको लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच