-रामचन्द्र रायमझी
पाल्पा । पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।
आइतबार दिउँसो ४ : ३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचाल हुन सकेको छैन ।
दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि तानसेन पठाइएको प्रहरी चौकी हार्थोकले जनाएको छ । बस सडकबाट करीव १ सय मिटर तल खसेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीहरुले घाइतेहरुको उद्धार गरिरहेका छन् । बस सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासी विश्व कार्कीले बताउनुभयो ।
घटनास्थलमा अन्य घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भईरहेको र घटनास्थलमा खोजी कार्यभईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताउनुभयो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच