काठमाडौं । दराजले विगत वर्षहरूजस्तै दराज ११.११ सेल आयोजना गर्ने भएको छ । नोभेम्बर ११ देखि २१ अर्थात् कात्तिक २६ देखि मंसिर ६ गतेसम्म सञ्चालन हुने सेलमा विभिन्न वस्तुमा ८० प्रतिशतसम्म छुट हुने कम्पनीले जनाएको छ । साथै देशभर निःशुल्क डेलिभरी सुविधा र तीन करोड रुपैयाँसम्मका भौचरलगायत सुविधासमेत रहेका छन् ।
दराजले १० वटा बैंक र दुईवटा वालेट पार्टनरसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत् दुई हजार पाँच सय रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ । उल्लेखित बैंकका डेबिट कार्डमार्फत् डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत छुट, अधिकतम दुई हजारसम्म प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २० प्रतिशत छुट, अधिकतम २५ सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकका डेबिट कार्डमार्फत् डिजिटल प्रिपेमेन्ट गर्दा उक्त छुट पाउने बताइएको छ । साथै यस अभियानमार्फत् दैनिकरूपमा ११ रुपैयाँ, १११ रुपैयाँ र ११११ रुपैयाँका डिल पनि रहनेछन् ।
खरिदकर्ताले ६९९ रुपैयाँ, ९९९ रुपैयाँ, १९९९ रुपैयाँ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्ने कम्पनीको दाबी छ । दराज ११.११ सेल अवधिभर कम्तीमा ३५ सय रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशालीले प्यानासोनिकको तीन लाख ५० हजार रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् भने थप पाँचजना ग्राहकले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ र जिना अल्केमीतर्फबाट आकर्षक गिफ्ट हृयाम्पर पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच