काठमाडौं । पूर्वप्रशासक तथा साहित्यकार रेशमबहादुर पाण्डेका दुई पुस्तक सोमबार एक समारोहबीच लोकार्पण भएका छन् । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित ‘कान्छो सिडियो’ संस्मरणात्मक कृति तथा ‘बाह्र सत्तरी’ उपन्यासको उक्त समारोहबीच लोकार्पण गरिएको हो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा पूर्वप्रशासक तथा साहित्यकार नरेन्द्रराज पौडेल रहनुभएको थियो । ठाकुर शर्मा भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पूर्वप्रशासक तथा साहित्यकार गोपी मैनाली, डा.केदारनरसिंह केसी र डा.रामप्रसाद दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने लोकार्पित पुस्तकमध्ये ‘बाह्र सत्तरी’ उपन्यासमाथि राम लोहनी तथा ‘कान्छो सिडियो’ माथि पूर्वप्रशासक तथा साहित्यकार युवराज मैनालीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेल विशेष अतिथि मैनाली तथा परिवारका तर्फबाट लेखक पाण्डेकी छोरी प्रज्ञा थापाले पनि मन्तव्य राख्नुभएको थियो । रामशरण प्याकुरेलद्वारा सञ्चालित उक्त कार्यक्रममा पुस्तकहरू कसरी लेखिए भन्ने सन्दर्भमा लेखक पाण्डेले जानकारी दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति रामप्रसाद पन्तले आफ्नो मन्तव्यका साथै सभा विसर्जन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच