काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस-एमालेले चाहेअनुसार माओवादी आन्दोलन नमर्ने दाबी गर्नुभएको छ ।
थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाइसीएल) को नगर अधिवेशनलाई सम्बोधन गर्दै मकवानपुर पुग्नुु भएका अध्यक्ष प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उहाँले दाबी गर्नुभयो ।
३२ सीट हुँदा त एमाले-कांग्रेसको सात्तो गएको बताउँदै अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा माओवादीले बहुमत ल्याउँदा उनीहरुको होस नै उड्ने जिकिर गर्नुभयो ।
अब चाँडै माओवादीले देशको सबै जिल्ला, स्थानीय तहमा आन्दोलनको आधीबेरी सिर्जना गर्ने उहाँले बताउनु भयो ।
साथै प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादी आन्दोलन चिल भएको बताउनु भयो । चिलले आवश्यक परेको अवस्थामा ह्वात्तै उडान बढाउनसक्ने भन्दै उनले माओवादलाई कमजोर नआक्न चेतावनी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच