कुवेतको नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल-अहमद

हिमालय टाइम्स
Read Time = 2 mins

कुवेतसिटी । कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो ।

कुवेतका अमिरले अहमद नवाफ अल-अहमद अल-सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी गराउनुभएको छ । कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउनेछ ।

नवनियुक्त प्रधानमन्त्री र उहाँको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ । सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरूको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ ।

यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मेमा दिनुभएको राजीनामा कुवेतका अमिरले स्वीकृत गर्नुभएको थियो । उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल-अहमद अल-सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहनुभएको थियो । सन् १९५६ मा जन्मिनुभएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल–अहमद अल जाबिर अल-सबाहका कान्छा छोरा हुनुहुन्छ । (रासस/सिन्हृवा) ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?