चीनद्वारा जहाजबाट उडाउन मिल्ने मानवरहित हेलिकप्टरको निर्माण

हिमालय टाइम्स
Read Time = 1 min

बेजिङ । चीनमा जहाजबाट उडाउन मिल्ने मानवरहित हेलिकप्टरको निर्माण गरिएको छ । चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसन (एभिआईसी)को एक अनुसन्धान संस्थाले जहाजबाट उडाउन मिल्ने मानवरहित हेलिकप्टरको सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ ।

एआर-५००बीजे नामक उक्त हेलिकप्टर जहाजबाट उडेको थियो र त्यहीँ अवतरण गरेको थियो । एभीआईसीले सन् २०१७ मा यस परियोजनाको आरम्भ गरेको थियो । सफल परीक्षण उडानसँगै परियोजनाको सन्तोषजनक अन्त्य भएको छ ।

यो मानवरहित हेलिकप्टर सैन्य र नागरिक दुवै प्रयोजनका लागि उपयुक्त छ । यसबाट जलक्षेत्रीय अन्वेषण तथा उद्धारका साथै गश्ती र अनुसन्धानसमेत गर्न सकिने विज्ञहरू बताउँछन् । सन् २०२० को डिसेम्बर महिनामा चीनले जहाजबाट उडाउन मिल्ने हलुका हेलिकप्टर ड्रोनको सफल उडान गराएको थियो । यो हेलिकप्टर पूर्णतः चीनमै बनेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?