दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावलीमा हेरफेर गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावलीका ६ वटा विभिन्न बिषयहरुमा सामान्य हेरफेर, थपघट गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिनुभयो । ‘यो सामान्य हेरफेर र थपघट गर्ने निर्णय हो । कुनै संरचनामा हेरफेर गरिएको होइन’ मन्त्री तिमिल्सिनाले भन्नुभयो,‘आवश्यकताका आधारमा नियमावली हेरफेरको काम गरिएको छ ।’
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको काम तथा जिम्मेवारीको स्वामित्व लिने, नयाँ बनेको युवा तथा खेलकुद मन्त्रालयलाई काम तथा जिम्मेवारी थप्नेगरी कार्यविभाजन नियमावली हेरफेर गरिएको हो ।
प्रदेशमा युवा तथा खेलकुद नयाँ मन्त्रालय बनेको र त्यसलाई जिम्मेवारी थप गर्ने बारेमा नियमावलीले सम्वोधन गरिएको छ ।
मन्त्रालयहरु बार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयनमा जुटिरहेको बेला पुरानो कार्यविभाजनले समस्या पारेपछि संसोधन गरेर गाँठो फुकाईएको प्रदेश सरकारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच