नेपालको संविधानमा मेलमिलापको प्रावधान उल्लेख भए तापनि संवादको व्यवस्थाले स्थान नपाएको प्रसंग धैर प्रतिनिधिबाट व्यक्त गरिएको संवाद सम्मलेन उल्लेखनीय आयोजना थियो । नेपाल डायलग सम्मिटको आयोजना संक्रमणकालीन न्यायका लागि गठन हुनगइरहेको आयोगको लागि पदाधिकारी छनौटको अवसरमा हुदा पदाधिकारीमा संवाद गर्दै समाधानमा पुग्न संवाद सक्षमताको पनि योग्यता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउन सक्नेछ । द्वन्द्व व्यवस्थापन तथा शान्तिका लागि संवाद एक महत्वपूर्ण तरिका रहेकाले विगतको द्वन्द्वको शान्तिपूर्ण समाधान तथा भावी द्वन्द्वलाई समेत रोक्नसक्ने विधिका रूपमा स्वीकार्नुपर्दछ ।
संक्रमणकालीन न्याय र संवाद : आन्तरिक द्वन्द्वको अवस्थाबाट सम्झौतापश्चात दिगो समाधानमा पुग्न सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत सत्य तथ्यको अनुसन्धन र मेलमिलाप गरिइने प्रावधान विश्वभर रहेको छ । नेकपा माओवादीबाट विसं २०५२ देखि २०६२ सम्म सञ्चालन गरेको द्वन्द्व विस्तृत शान्ति सम्झौतापश्चात टुगिंएको थियो । यस पक्तिंकारले विसं २०६१ मा गरेको अनुसन्धान ‘द्वन्द्वरूपान्तरण र शान्ति स्थापनामा धर्म तथा मध्यात्मिक क्षेत्रको भूमिका’मा सर्वप्रथम यसको उल्लेख गरेको थिए । साथै सरकार र विद्रोही माओवादी पक्षका बीचमा संवाद गराउने प्रयासस्वरूप ‘अन्र्तधार्मिक परिषद नेपाल’ गठन गरी हिन्दु, इस्लाम, बौद्ध, क्रिश्चियन, बहाई, किरात, शिख धर्मावलम्बीलाई एकीकृत गरी संवादलाई अगाडि बढाइएको थियो ।
आफ्नो मौलिक ज्ञान, इतिहास, धर्म-संस्कृतिको विश्लेषण र उपयोगीता विश्वमा प्रष्टाउन खोज्नु स्वराज्यको भावना हो । हाम्रा मौलिक ज्ञान तथा संस्कृति-सम्पदालाई सौम्यशक्तिका रूपमा उपयोग गर्न सक्दा मुलुकको गौरब बढ्नुका साथै पर्यटनको वृद्धि हुन गई आर्थिक समृद्धिमा सहयोग पुग्नेछ । विज्ञान र धर्मका बीचमा तुलनात्मक ज्ञान तथा द्वन्द्व व्यवस्थापन, सामाजिक रूपान्तरणका लागि विश्वलाई हामीले आकर्षित गर्दै श्रेष्ठता हासिल गर्न सक्ने छौं ।
अन्तर्राष्ट्रिय प्रभाव र भूराजनीतिलाई समेत मध्यनजर गर्दै संयुक्तराज्य अमेरिकीको राजदूतावास, नर्वेको राजदूत, अनमिन प्रमुख इमान मार्टिन तथा अन्य संस्थासँग पनि छलफल गरेको थियो । विस्तृत शान्ति सम्झौतापश्चात माओवादीका प्रवक्ता तथा शान्तिवार्ता टोलिका संयोजक कृष्णबहादुर महरासँग सबै धार्मिक जनसमुदायको अगाडि संवाद गरिएको थियो । विकासका लागि आफ्नो अनुसन्धानमा दिइएको सुझाब ‘स्वारज्य र मेलमिलाप’लाई स्मरण गराउँदै संवादको सूत्रको रूपमा अगाडि बढाउँदै पुस्तकसमेत प्रकाशित गरिएको थियो । तत्कालीन द्वन्द्वरत माओवादी, अन्तर्राष्ट्रिय समुदाय र द्वन्द्वपीडितसँगको संवादलाई मेलमिलापका लागि प्रेरित गर्न ‘स्वराज्य र मेलमिलाप’को अवधारणाले सूत्रको रूपमा काम गर्न सकेको अनुभूति हुन पुग्यो ।
तत्कालीन विद्रोही माओवादीलाई भारतमा आश्रय दिइनु तथा अमेरिकालगायत पश्चिमी मुलुकले पद्मरत्नतुलाधार, दमननाथ ढुंगानामार्फत सम्पर्क बनाइरहनुले संवाद र समाधानमा अन्तर्धार्मिक हाम्रो समूहलाई पनि मौलिक मार्ग खोज्न प्रेरित गरिरहयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विश्वासको वातावरण बनाउन अन्तर्धार्मिक प्रयास सहयोगी रहृयो । युद्ध बिरामका लागि ‘तिथि पर्वमा हिंसा नगरौं’ भन्ने नारा र कार्यक्रमले चाडवाडको अवसर पारेर माओवदीबाट एकतर्फी युद्ध बिराम गराउँदा सन्तोष प्राप्त गर्यो । अन्तर्धार्मिक पहललाई विस्तृत शान्ति सम्झौतापश्चात अन्तर्राष्ट्रिय समुदाय र राजनीतिकदलले उपेक्षा गरेका कारण दुई पटकसम्म सत्यनिरूपाण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग विघटन हुन गई असफल बन्न पुग्यो ।
आ-आफ्नो मुलुकको धर्म संस्कृतिका प्रभावले दक्षिण अफ्रिकालगायत आयोग सफल भएको तथ्य राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले अनुभूति गर्न नसक्दा पीडितले न्याय पाएनन् भने मुलुकले विकास पाउन सकेको छैन । स्वराज्य र मौलिकतालाई बिर्सन्न पुगेकाले अन्तर्राष्ट्रिय कानुन र दातृ निकायको भरोसामा दलहरू पर्न गई संक्रमणकालीन न्यायलाई टुंग्याउन सकेनन् । कसैले आयोगलाई कानुनी अनुसन्धान र अदालती दण्ड विधानका रूपमा बुझे भने कसैले सबै माफी दिने प्रक्रियाका रूपमा बुझेको पाइयो । द्वन्द्वकालीन घटनाको सत्यतथ्य उजागर गर्दै गम्भीर मानव अधिकार उल्लंघनका घटनाबाहेक सक्दो सहज ढंगले न्याय निरुपण गर्दै परिपुरणमार्फत निकासमा पुग्ने व्यवस्था भएको कुरा बुझ्न बुझाउन सकिरहेको देखिँदैनन् ।
विश्वासिलो व्यक्तित्व र पारम्पारिक आर्दशलाई आत्मसात् गरेकाहरूको उपस्थितिमा मेलमिलाप सहज हुने कुरा अझै बुझ्न सकेको पाइएन । विगतको द्वन्द्वका दुई प्रमुख शक्ति राजा र माओवादी सत्ताभन्दा बाहिर रहेको वर्तमान अवस्थाबाट कस्तो प्रभाव पर्ला ? विश्लेशन गर्नुपर्ने तथ्य हो । भूराजनीति र अन्तर्राष्ट्रिय शक्तिको कस्तो प्रभाव रहला ? सर्तक हुनुपर्ने स्थिति हो । अन्तर्राट्रिय विश्वास समेत प्राप्त गरेका व्यक्तिहरूको उपस्थितिले न्याय निरूपण र दण्डको अवस्थालाई व्यावस्थापन गर्न सक्छन् ।
सबै धार्मिक समुदायको प्रतिनिधित्व गर्नसक्ने व्यक्तिको उपस्थिति भएमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास प्राप्त गर्नुका साथै अनावश्यक दवावबाट बचाउन सकिन्छ । देक्षिण अफ्रिकामा बहुसंख्या क्रिश्चियन धर्मावलम्बीका प्रमुख आर्कविशप देशमण्ड टुटुको नेतृत्वका कारण आयोग सफल हुनसकेको हो । नेपालमा बहुसख्यक हिन्दु धर्मावलम्बीहरूको विश्वास पात्र व्यक्तिको उपस्थिति भएमा धेरै सहज हुने अनुमान लगाउन सकिन्छ । बुद्धधर्मालम्बीको पनि विश्वासनीयता उच्च रहेकाले मेलमिलापका लागि उपयोगी हुनसक्छ । सरकार र विद्रोही पक्षबाट पीडितहरू आपसमा मिलेर न्याय खोजिरहेको अनुकूल अवस्थालाई निकासको सकारात्मक पक्षका रूपमा उपयोग गर्नु वृद्धिमानी हुनेछ ।
वेदान्त र विज्ञान विषयक संवाद सँगसँगै काठमाडौंमा आयोजना हुनुलाई धर्म संस्कृतिको महत्व देखाउने प्रयासको रूपमा बुझ्न सकिन्छ । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भनिएको तथा छलफलका कार्यपत्र विज्ञान र धर्मका बीचको संवादका रूपमा रहेकाले धार्मिक क्षेत्रको प्रभाव सहजै स्थापित हुन सकेको देखिन्छ । श्री चैतन्य सारस्वत इन्स्टिच्युट भारत, सनातन साइन्स एजुकेसन एण्ड रिर्सच सेन्टर (रिकास्ट) त्रिभुवन विश्वविद्यालय कीर्तिपुर तथा सनातन स्टडिज एण्ड रिर्सच ऐकेडेमी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको संयुक्त आयोजनामा सञ्चालित दुई दिने संवाद सम्मेलनले अन्तर्राष्ट्रियस्तरलाई प्रतिनिधित्व गर्दै नेपाली विद्वानहरूको क्षमतालाई उजागर गर्न सकेको थियो । जीवनको श्रोत र विकासक्रमलाई केन्द्रविन्दुमा राखेर आयोजना गरिएको संवाद सम्मेलनले प्रमाणसहित लक्ष्यलाई स्पष्ट पार्न सकेको थियो ।
डा.दीपेन्द्र पराजुलीको प्राकृतिकदेखि आर्टिफिसियल इन्टेलिफेन्ससम्म वेद र संस्कृत भाषाको अवस्थालाई उच्चरूपमा विश्लेषण गरिएको अवधारणा पूर्वीयज्ञानको औचित्य र श्रेष्ठतालाई स्थापित गर्ने हैसियतको थियो । सत्यको नजिक पुग्न चैतन्यको उपयोग विषयक डा.मोहन खरेलको प्रस्तुति ग्रहणयोग्य रहेको थियो । विज्ञानका प्रस्तुति मुलुकलाई नै ज्ञान भूमिको रूपमा विश्वमा स्थापित गराउन सक्ने स्तरको थिए, विगतमा यस पक्तिकार संलग्न हुँदै जापानमा आयोजना गरिएको ‘फिलोसफी अफ’ पिस विषयक अन्तर्राष्ट्रिय सेमिनारमा भएको छलफलसँग तुलना गर्नसक्ने स्तरको पाइयो । जापानमा भएको अन्तर्राष्ट्रिय सेमिनारपश्चात् विज्ञान, धर्म र दर्शनलाई संयोजन गर्दै ‘फिलोसफी अफ जोजन’ प्रकाशित हुनगई चिन्तनको क्षेत्रमा बहसको स्रोत बन्न पुगको छ ।
आफ्नो मौलिक ज्ञान, इतिहास, धर्म-संस्कृतिहरूको विश्लेषण र उपयोगीता विश्वमा प्रष्टाउन खोज्नु स्वराज्यको भावना हो । हाम्रा मौलिक ज्ञान तथा संस्कृति-सम्पदालाई सौम्यशक्तिका रूपमा उपयोग गर्न सक्दा मुलुकको गौरब बढ्नुका साथै पर्यटनको वृद्धि हुनगई आर्थिक समृद्धिमा सहयोग पुग्नेछ । विज्ञान र धर्मका बीचमा तुलनात्मक ज्ञान तथा द्वन्द्व व्यवस्थापन र सामाजिक रूपान्तरणका लागि विश्वलाई आकर्षित गर्दै श्रेष्ठता हासिल गर्न सक्ने छौं ।
(क) द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका अनुसन्धानका आधारमा आन्तरिक द्वन्द्व र दुई राष्ट्रबीच चलिरहेको युद्ध रोक्न धार्मिक जनपरिचालनमार्फत प्रेरित गर्नसक्ने छौं ।
(ख) हिमालय सभ्यता, कालिगण्डकी सभ्यतालाई एशियाली सभ्यता संवादको केन्द्र बनाउँदै विश्वलाई नेपालमा ल्याउन सक्छौं । मानस खण्ड, हिमवत खण्डको अवस्थितिले देव भूमिका साथै विज्ञान र धर्मको समन्वयात्मक अध्ययनको केन्द्र बनाउन सक्छौं ।
(ग) खगोल र ज्योतिषको ज्ञानका आधारमा साझा आकाश देखाउँदै स्वराज्य र मेलमिलापको स्थापना गर्न सक्छौं ।
(घ) संस्कृत र सफ्टपावरको अनुपम अभ्यासको केन्द्र बनाउन सक्छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच