काठमाडौं । चलचित्र ‘आउट लः दफा २१९’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निमाणपक्षले एक पोस्टर सार्वजनिक गर्दै फागु पूर्णिमा (होली)को दिन पारेर आगामी फागुन २९ गतेदेखि यो चलचित्र सिनेमाघरमा आउने जनाएको हो । यसअघि गत असोज ३ गते फिल्म रिलिज हुने निश्चित थियो । तर, छायांकन नसकिँदा चलचित्र प्रदर्शन हुन सकेन ।
नयाँ प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोष्टरमा अभिनेता सुशील श्रेष्ठ चित्रित हुनुहुन्छ । सुटबुटमा देखिनुभएका उहाँ हातमा धारिलो हतियार लिएर सोफामा शान्त भावमा बस्नुभएको छ । उहाँको आँखामा रिसको आवेग छ । अनुहारको एक भागमा रगतको छिर्का देखिन्छ । यसले उहाँको पात्र हिंसात्मक रहेको बुझाउँछ । पोष्टरमा उहाँलाई ‘एक्सन स्टार’को ट्याग पनि दिइएको छ ।
विक्की महर्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुन, हेम गुरुङलगायतको अभिनय छ । अमित अग्रहरिको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता विनोद कठायत हुनुहुन्छ भने सहनिर्माताको रूपमा विकास चौधरी हुनुहुन्छ ।
नवीन गुरुङको डीओपी रहेको एक्सन जनरामा निर्माण भएको चलचित्रमा साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच