
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताउनुभयो । उहाँले निजी सवारी साधनमात्रै नभएर अहिले देशभर जाने यात्रुवाहकसमेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताउनुभयो । उहाँले यात्रुवाहक सवारी साधनसमेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताउनुभयो ।
उहाँले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै विद्युत्को माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी ¥यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिदबिक्री भएको बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको प्रोमोसन विद्युतीय सवारी साधन किनेरमात्रै नहुने बताउनुभयो । उहाँले देशभर विद्युतीय सवारी साधनका लागि आवश्यक संरचनाहरू बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
घिसिङले विद्युतीय चार्जिङ स्टेसनहरू मुलुकभर बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेसनहरू निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ । विद्युत्को माग बढाउने अभियान हो । अभियानलाई ठूलो सहयोग पुगेको छ । ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिदबिक्री भएको छ । विद्युतीय सवारी साधनको प्रोमोसन विद्युतीय सवारी साधन किनेरमात्रै पनि हुँदैन । देशभर विद्युतीय सवारी साधनका लागि आवश्यक संरचनाहरू बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेसनहरू बनाउन जरुरी छ । निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेका छौँ । अहिले ६ सय बढी चार्जिङ स्टेसनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ । अहिले निजी क्षेत्रबाट पाँच सय चार्जिङ स्टेसनहरूका लागि आवेदन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत्लाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्युत् उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय सामग्रीहरूको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच