नेपालगञ्ज म्याराथन मंसिर पहिलो साता

हिमालय टाइम्स
Read Time = 2 mins

नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको आठौँ संस्करण यसपटक मंसिर ३ गते आयोजना हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको आयोजक नेपालगञ्ज म्याराथनले जनाएको छ ।

क्रियटिभ गञ्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनको आठौँ संस्करणका लागि आइतबारबाट खेलाडी दर्ता खुला गरिएको छ । नेपालगञ्ज म्याराथनको वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ ।

गत वर्षझैँ यस वर्ष पनि विभिन्न दसवटा विधामा स्पर्धा समावेश हुने बताइएको छ । जसमा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुला, पाँच किमी महिला खुला, पाँच किमी स्कुलस्तरीय छात्र, तीन किमी स्कुलस्तरीय छात्रा, किड्स रन (आठदेखि १२ वर्ष उमेर समूह), दुई किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्लास्तरीय मात्र हुनेछ ।

केही विधातर्फ नगद पुरस्कार राशिमा वृद्धि गरिने र केही सरप्राइज प्याकेज पनि घोषणा गरिने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभएको छ । आठौँ संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?