
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र विदसको अवसरमा शुभकामना दिँदै आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन भएको बताउनुभएकाे छ ।
७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएकाे हाे।
सामाजिक सञ्जालमा दिएको शुभकामना सन्देशमा ओलीले लेख्नुभएकाे छ, 'फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो। गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।’
प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शहिदको सम्झना गर्दै श्रद्धाञ्जली अर्पणसमेत गर्नुभएकाे छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच