भोजपुर । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को मतदान भोजपुरमा पनि जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पस र सम्वन्धन प्राप्त षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा पनि स्ववियुको नेतृत्व चयनका लागि मतदान भई रहेको छ ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको भोजपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रकाश राईले जानकारी दिनुभयो । उहाँले निर्वाचनको क्रममा कुनै समस्या नदेखिएको बताउनुभयो ।
भोजपुर बहुमुखी क्याम्पसमा क्रियाशिल छ वटा विद्यार्थी संगठनहरुले दुई प्यानल बनाएर निर्वाचनमा जुटेका हुन् । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त प्यानल बनाएका छन भने बाँकी अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू र अखिल (समाजवादी) ले अर्को प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन ।
नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त प्यानलले अध्यक्षमा अशोक कुमार कार्की, सचिव बिश्मार्क राई, कोषाध्यक्ष बिशाल कार्की, सदस्यहरुमा सहर्शा राई, राजन नेपाल, करुणा मगर, हेमराज काकी र निशान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू र अखिल (समाजवादी) को संयुक्त प्यानलले अध्यक्षमा सोविन तामाङ, सचिव जीवन राई, कोषाध्यक्ष अभियान चाम्लिङ राई, सदस्यहरुमा निनाम्मा राई, अनिशा राई, रेजिना कट्वाल, नमुना राई र अनिश पराजुलीलाई उम्मेदवार बनाएको छ ।
भोजपुर बहुमुखी क्याम्पसमा हुने निर्वाचनमा एक सय ६६ छात्र र चार सय २५ जना छात्रा गरी कुल पाँच सय ९१ जना मतदाता रहेका छन् ।
यता जिल्लाको उत्तरमा रहेको षडानन्द वहुमुखी क्याम्पस दिङ्लामा पनि दुई प्यानलका विच प्रतिष्पर्धा हुने भएको छ । अनेरास्ववियु र नेविसंघको एउटा प्यानल छ भनेअर्को तर्फ अखिल (क्रान्तिकारी) चुनावी प्रतिष्पर्धामा छ । षडानन्द वहुमुखी क्याम्पसमा एक सय ९२ जना कुल मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच