-प्रकाश न्यौपाने
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम ५ बालगोविन्द पेट्रोलपम्प अगाडी शनिबार दिउँसो ट्रकले बसलाई ठक्कर दिँदा १५ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ । भैरहवाबाट महेशपुरका लागि छुटेको लु १ ख ९५७७ नम्बरको बसलाई बाग्मती प्रदेश ०३–००१ क ०१८९ नम्बरको ट्रकले पछाडी बाट ठक्कर दिएको थियो । रामग्राम १६ तोनवा बस्ने वर्ष ३५ कि रामरती यादव र बर्दघाट १२ दबिला बस्ने वर्ष ३० कि बिनु शाहीको अवस्था गम्भिर रहेको छ । उनीहरुको थप उपचारका लागी भैरहवा पठाईएको प्रहरी उपरिक्षक ऋिषिराम कडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परी सरावल ३ भिमटाडीका दिपेन्द्र यादव, सरावल ४ ललितपुरका पुनम चमार, सरावल ५ दुबौलियाका विजय कुमार हरिजन, प्रतापपुर ७ सुर्यपुराका मनिसा चौधरी, सुस्ता ५ का आकाश पाल, सोही स्थानका गुन्जा कुमारी पाल, पाल्हिनन्दन २ कि प्रियङ्का यादव घाईते भएका छन् । यस्तै पुर्वि नवलपरासीको कावासोती १७ कि राजकुमारी थनेत, सोही स्थानका ज्योति थनेत, देवचुली १३ का सुनिता थनेत, कपिलबस्तुको शुद्धदोदन गाउँपालिका ७ का शिवसागर यादव, कपिलबस्तु ११ का राम प्रसाद यादव पनि घाईते भएका छन् । घाईते मध्ये ६ जनाको अवस्था समान्य रहेको छ भने सात जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच