चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक आज बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्न लागेको हो ।

प्रतिनिधि सभाले बनाएको उक्त समितिको बैठक कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेगरि बोलाइएको छ। समितिको पहिलो बैठक बस्न लागेको हो।

बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ। गत २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य हुनुहुन्छ ।

प्रतिनिधि सभाले यही साउन २२ गते छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?