काठमाडौं । ज्योति विकास बैंकको १६औँ वार्षिक साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असारसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत पारित गरेको छ ।
साधारणसभाले सर्वसाधारण सेयर धनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।
सो अवसरमा बैंकका अध्यक्ष खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकका हालसम्मको उपलब्धि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो । बैंकले समीक्षा अवधिमा सरकारलाई कुल ६२ करोड ७५ लाख राजस्व योगदान गरेको छ ।
चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको बैंकले हाल एक सय २१ शाखा, तीन विस्तारित काउन्टर तथा ७५ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच