विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा कारागार कार्यालय मोरङ विराटनगरमा शुद्ध खानेपानी जडान भएको छ । कम्पनीको केन्द्रीय कार्यालयको संयोजकत्वमा शुद्ध खानेपानी जडान गरिएको हो ।
कारागार कार्यालय विराटनगरमा करिब ११ सय कैदी रहेका छन् । कारागारमा पानीमा इएफ, एमएन र एएसलगायतको मात्रा बढी भई छालासम्बन्धी एलर्जी, लुतो र पेट रोगको समस्या देखापरेको थियो ।
प्लान्ट जडानपछि उक्त समस्या समाधान हुने कम्पनीको विश्वास छ । प्लान्ट संख्या तीन रहेका छन् भने प्लान्ट जडान गर्न सहयोगी संस्थाहरू जीवन विकास लघुवित्त वित्तीय संस्थाका साथै फरवाड लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्था रहेका छन् । प्लान्टको लागत चार लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच