गुल्मी कांग्रेसको प्रवक्तामा उदयबहादुर थापा

हिमालय टाइम्स
Read Time = 1 min

-रमेश विश्वकर्मा

गुल्मी । नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जिल्ला कार्यसमिति सदस्य उदयबहादुर थापालाई गुल्मी कांग्रेसको प्रवक्तामा नियुक्ति गर्नुभएको छ ।

पार्टी सभापति एवम् रेसुंगा नगरपालिका प्रमुख पन्थीले थापालाई पार्टी प्रवक्ताको रुपमा नियुक्ति गरिएको पत्र हस्तान्तरण गर्नुभएको गुल्मी कांग्रेसले जनाएको छ ।

नियुक्ति पत्र हस्तान्तरण गर्दै सभापति पन्थीले नेपाली कांग्रेसको विधानको परिधिमा रही काम काज गर्न आग्रह गर्नुभयो । त्यस्तै, उहाँले पार्टीलाई सबल, सक्षम एवम् गतिशील बनाउन थापाको क्रियाशीलता र भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

थापा गुल्मी कांग्रेसको आठौं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित जिल्ला कार्य समिति सदस्य हुनुहुन्छ । त्यस्तै, रेसुंगा नगरपालिका–२, का पूर्व वडा अध्यक्ष समेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?