सभामुख सापकाेटा, अध्यक्ष नेपाल र डा. भट्टराईबाट गिरीप्रति श्रद्धाञ्जली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी सभामुख सापकोटाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल सानेपा पुग्नुभएको थियो ।

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठवान र अध्ययनशील व्यक्तित्व गुमाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदीपजीले तुलनात्मक अध्ययन गरेर समाजवाद नै उत्कृष्ट व्यवस्था हो भन्ने निक्र्योल गर्नुभयो । नेपाली राजनीतिप्रति चिन्ता व्यक्त गर्नुहुने उहाँले समाजवादी शक्तिलाई अघि बढाउन योगदान पुर्‍याउनुभएको छ ।”

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्‍याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?