अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

Read Time = 1 min

किभ । अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गर्नुभएको छ । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गर्नुभएको हो ।

दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि जेलेन्स्का पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको हो ।

रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ । यसैबीच जी ७ नेताहरूले रुसी तेललाई प्रतिबन्ध लगाउन प्रतिबद्धता जनाएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?