आइएमइ लाइफलाई ट्रिपल बी रेटिङ

Read Time = 1 min

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर एनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ ।

कम्पनीले लगानीकर्ता तथा सम्पूर्ण हितकारीको सुरक्षाका लागि आफ्नो जोखिम न्यूनीकरण गर्दै लगेको समेत रेटिङले थप पुष्टि हुने जनाएको छ । कम्पनीले एक सय ४० शाखामार्फत् बिमितलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ता आबद्ध रहेका छन् । कम्पनीमा ग्लोबल आइएमइ बैक, आइएमइ गु्रपलगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?