नबिललाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

Read Time = 2 mins

काठमाडौं । नबिल बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । एन बैंकको सुरुवातका लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधाअन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा दुई सयभन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताका रूपमा छनोटमा परेको थियो ।

बैंकले प्राप्त गरेको अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताउनुभयो । अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप ऊर्जा दिएको उहाँको भनाइ छ ।

एन बैंक बैंकमा ग्राहकको उपस्थितिबिनै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपालकै पहिलो मोबाइल बैंकिङ प्लेटफर्म हो । ग्राहकलाई कुनै पनि शाखामा भौतिक फारम नभरी वा कुनै शाखामा नगई एन बैंकको सहयोगमा सेवा लिन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?