वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुःन केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो ।

जिल्लाको बिजुले-खार्पा-लामीडाँडा-दुबेकोल-ऐसेलुखर्क, जालपा-हौंचुर-ऐसेलुखर्क, बुईपा-राजापानी-रेग्मीटार-रसुवा, रसुवा-सिम्पानी-खोटाङबजार, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी-बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा गर्न वाध्य बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयाे । विशेषगरी बिरामी बोक्ने एम्बुलेन्स गुड्न नसक्दा जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत कालोपत्रे गरिएका दिक्तेल-हलेसी-जयराम र दिक्तेल-बाँझेच्यानडाँडा सडकमा मात्र सवारी साधन चलिरहेका छन् । जिल्लाका धेरैजसो स्थानीय तहले जेसीभी खरिद गरेका छन् । तर, वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मतमा भने तदारुकता देखाउन सकेका छैनन् । यातायात व्यवसायीले चाँडोभन्दा चाँडो सडक मर्मत गरेर यातायात सुचारु गराउन र नागरिकलाई सहजता दिलाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?