जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताउनु भएको छ ।
आज नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘आगामी निर्वाचनले सही सरकार दिन सक्नुपर्छ । देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्छ ।’ गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पुर्याउने खेल खेलिरहेको आरोप लगाउँदै उहाँले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरुका लागि केन्द्रित रहेको बताउनुभयो ।
जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीलाई २०५ किलोको माला लगाएर नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्यहरु रुही नाज, अञ्जुकुमारी यादव, रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादवलगायतलाई एमालेमा प्रवेश गराउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच