सुर्खेत । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नुभएकाे छ । २३ सांसद हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख तिलक परियारले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
कँडेलले प्रदेश प्रमुख परियारसमक्ष एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो । दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार बेलुकी दाबी पेस गर्नुभएको थियो ।
केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै चैत २१ गते राजीनामा दिनुभएको थियो ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयतानको शपथ भोलि गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच