प्रतिनिधिसभाको आजको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने भएका छन् ।

आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ । आज संसद बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भन्ने बोल्ने नबोल्ने तय भइसकेको छैन ।

यद्यपि, पार्टीका एक नेताले प्रधानमन्त्री बोल्ने भएपछि प्रचण्डले पनि सम्बोधन गर्ने बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?