-खड्क सुनार
मुगु । मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयोगविहीन भएको हो ।
प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला सञ्चालन हुने जनाएको छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयोगमा आउँछ भन्ने बारे जानकारी नभएको बताउनु भयो ।
माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएको हो ।
माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटो परीक्षणपछि सोहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा प्रयोगशाला नचल्दा अपुरै रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच