भाटभटेनीको दशैं अफर

Read Time = 1 min

काठमाडौं । भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्व लक्षित विभिन्न योजना सार्वजनिक गरेको छ । सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट तीन/तीनजनालाई ३० सेकेन्डमा छान्न सकेजति सामान पैसा नतिरी लैजाने योजना सार्वजनिक गरेको हो ।

चिनीको मूल्यमा सहुलियत दिइरहेको भाटभटेनीले आफ्ना २३ स्टोरबाट हरेक साता तीन/तीनजनाका दरले अनलिमिटेड सपिङ स्किम पाउने जनाएको छ । भाटभटेनीले काठमाडौं उपत्यकाबाहिरका भारतीय सीमानजिकका छवटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँ र काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँका दरले चिनी बिक्री गर्दै आएको छ ।

भाटभटेनी सुपर मार्केटका चिफ अपरेटिङ अफिसर भानु पौडेलका अनुसार विभिन्न अफरका साथ सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?