नाइजेरियामा बाढीको बितण्डा : कम्तीमा ५०० जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कानो । नाइजेरियामा एक दशकमा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ । वर्षा मौसममा आएको बाढीपहिरोमा अन्य १४ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

प्रचुर वर्षा र कमजोर पूर्वाधारको कारणले गर्दा आएको बाढीले अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश स्पार्किनको ठूलो भागलाई असर गरेको छ । जारी संकटले खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान गरिएको छ ।

नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोका कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ । बाढी पहिरोमा एक हजार ५४६ व्यक्ति घाइते भएका छन ।’

राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका प्रवक्ता मान्जो इजेकिएलको भनाइ उदृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?