न्यूयोर्क शहरका मेयरको प्रमुख आतिथ्यतामा नेपाली-अमेरिकी संगीत महोत्सव सम्पन्न

Read Time = 3 mins

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरको डाइभर्सिटी प्लाजा, क्वीन्समा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ सम्पन्न भएको छ । नेपाली माहन् चाड दशैँ र दीपावलीको शुभ अवसरमा गत शनिबार पहिलोपटक निःशुल्क खुला ठाउँमा फेस्टिभल सम्पन्न भएको हो ।

बुद्ध कर तथा लेखा विभागका सिपिए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्यूयोर्कका चर्चित रियल स्टेट सेल्स म्यान नवराज केसीले कार्यक्रमको आयोजना गर्नुभएको हो । खुला ठाउँमा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य न्यूयोर्कको क्वीन्समा बसोवास गर्ने विदेशीहरू, मुख्यतया विश्वका विभिन्न समुदायका मानिसहरूलाई नेपाली संगीत र संस्कृतिको परिचय गराउनु बताइएको छ । नेपाली सांगीतिक महोत्सवले कुनै न कुनै रूपमा नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रमको प्रमुख अतिथिमा न्यूयोर्क शहरका मेयर एरिक एडम्स हुनुहुन्थ्यो । मेयर एडम्सले नेपाली संगीत र संस्कृतिलाई विश्वमा प्रबद्र्धन गर्न मद्धत गर्ने सुन्दर संगीत महोत्सवका लागि आयोजक, बुद्ध ट्याक्स, रेभेल इभेन्ट्स र नवराज केसीलाई बधाई दिनुभएको थियो । सो अवसरमा मेयरले सपनाश्री, फिरोज स्याङ्देन, पेमा छेवाङ शेर्पा र सुरजसिंह ठकुरीलाई सम्मान गर्नुभएको थियो ।

सांगीतिक महोत्सवमा कलाकार फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेशकिशोर भट्टराई, सञ्जीव प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र संजोक योञ्जन हुनुहुन्थ्यो । अन्य कलाकारहरूमा कबिना सिंह, येसेर्ग गुरुङ, रुतमान गुरुङ, अरमानी महर्जन र ममता राई हुनुहुन्थ्यो । कार्यक्रममा पर्यटन राजदूत प्रदीप श्रेष्ठ र केशवराम राईका साथै क्वीन्सका एसेम्बली म्यान स्टिभन रागा र फिप्नाका अध्यक्ष राजकुमार विष्टको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?