नीति अधिवेशन असोजमा गरौँ : गच्छदार

Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी असोजमा नीति अधिवेशन गर्न प्रश्ताव गर्नुभयो । उहाँले नीति अधिवेशनमा पार्टीको आगामी दिशाको बारेमा माथिबाट नै बहश हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको राजनीति बिग्रिएको छ । अझै बिग्रिन्छ देशको राजनीति । बिग्रिरहेको राजनीतिक परिवेशमा नेपाली काँग्रेसले कसरी अगाडी बढ्दाखेरी राम्रो हुन्छ भनेर यो चानचुने विषय होइन । एक नम्बरको एजेण्डामा देशको समसामयिक राजनीतिक विषयमा छुट्टै बैठक राखियोस् । समयमै नीति अधिवेशन गर्नुस् । सक्नुहुन्छ भने असोजमा गर्नुस् । सक्नुहुन्न भने कार्तिकमा चाडपर्व छ मंसिरमा गर्नुस् । नीति अधिवेशनमा तपाईले सभापतिजी एजेण्डा प्रश्तुत गरिसकेपछि प्रश्तावमा माथि बाट नै बहश गर्ने अनुमति दिनुस् ।’

उहाँले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने माग गर्नुभयो । उहाँले देशको राजनीति बिग्रिरहेको भन्दै यस्तो अवस्थामा काँग्रेसले कसरी अगाडी बढ्ने भन्नेमा छलफल हुनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?